समाचार

१२ वर्षीया बालिका रुपन्देहीमा बलात्कृत

काठमाडौं । रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ढकालले ती बालिकालाई फकाई तिनाउ खोलामा लगि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *