समाचार

अष्ट्रेलियाका नयाँ प्रधानमन्त्रीले चीनबारे के भने ?

एजेन्सी । अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री एन्थोनी अल्बानीजले चीनसँगको सम्बन्ध ‘अप्ठ्यारो समयमा’ रहने बताएका छन्। क्वाड कन्ट्री बैठकमा भाग लिन टोकियो प्रस्थान गर्नुअघि उनले यस्तो अभिव्यक्ति दिएका हुन् । क्वाड समूहका शीर्ष नेताहरु अष्ट्रेलिया, भारत, जापान र अमेरिकाको बैठक टोकियोमा हुदैँछ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अल्बानीजले भने, ‘चीन परिवर्तन भएको छ, अष्ट्रेलिया होइन र अष्ट्रेलियाले सधैं आफ्नो मूल्यमान्यताको सम्मान गरेको छ र मेरो सरकारको अधीनमा जारी रहनेछ।’

अल्बानीज अष्ट्रेलियाको ३१ औं प्रधानमन्त्री हुन्। अष्ट्रेलिया र चीनबीच व्यापार, कोरोनाको उत्पत्तिलगायत धेरै विषयमा विवाद हुँदा दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अष्ट्रेलियामा मतगणना जारी रहेकाले क्वाड देशको बैठकमा अष्ट्रेलियाको प्रतिनिधित्व गर्न अल्बानीजले प्रधानमन्त्री पदको सपथ लिएका छन् ।

अल्बानीहरू विगत नौ वर्षदेखि विपक्षमा थिए । स्कट मोरिसनलाई हराएर उनी अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री बनेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *