समाचार

दिल्ली मुम्बईसँग पराजित, बेंगलोर प्लेअफमा

काठमाडौं । दिल्ली क्यापिटल्सलाई मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदा इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा बेंगलोरले प्लेअफ स्थान बनाएको छ ।

शनिबार राति पराजित दिल्ली र विजयी मुम्बई दुबै प्लेअफबाट टाढा रहे । तर यो नतिजासँगै मैदान बाहिर रहेको बेंगलोरले प्लेअफमा स्थान बनायो । योसँगै आईपीएको प्लेअफ समीकरण पूरा भएको छ ।

पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्नेछन् । एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र बेंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि दिल्लीले दिएको १६० रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे थियाे । मुम्बईका इशान किशनले ४८ रन जोडे । दिल्लीका सार्दुल ठाकुर र एन्रिच नोर्कियाले २-२ विकेट लिए ।

सुरुआती ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन जोड्यो । दिल्लीका रोभमान पावेलले ४३ रन जोडे । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *