सम-सामयिक

पराजित ढुंगेलले घरैमा पुगेर दिए निर्वाचित थापालाई बधाई

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार बासुदेव थापा निर्वाचित भए । कांग्रेसका उम्मेदवार निशान ढुंगेल एमालेका थापासँग पराजित हुन पुगे ।

तर, मेयरमा पराजिजत ढुंगेलले निर्वाचित थापालाई उनकै घरमा भेटेर बधाई तथा शुभकामना दिएका छन् । जसलाई लोकतान्त्रिक पद्धति, अभ्यासको सम्मानको रुपमा अर्र्थ्याइएको छ । 

एक हजार ५२६ मतान्तरले पराजित भएका ढुंगेलले बिहीबार बिहान वडा नं १० चित्तपोलस्थित थापा निवासमा पुगेर बधाई दिएका हुन् । 

थापा १४ हजार ७५८ मत ल्याएर निर्वाचित हुँदा ढुंगेल १३ हजार २३२ मत पाएर पराजित भए । तर, आफूलाई मत दिने मतदाताप्रति ढुंगेलले आभार व्यक्त गरेका छन् । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *