समाचार

सोचेजस्तो मत केही वडामा आउन सकेन् : सिर्जना सिंह

काठमाडौं । काठमाडौं महानगरपालिकाकी मेयर उमेदवार सिर्जना सिंहले आफूले जनताको मतको सम्मान गर्ने बताएकी छन् । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले जति मत आए पनि जनताको मतको सम्मान गर्ने बताएकी छिन ।

महानगरमा उनले अझै धेरै मतगणना हुन बाँकी रहेको भन्दै अहिलेसम्मको परिणामलाई सहज रुपमा लिएको बताइन् । केही वडामा राम्रो परिणाम आउनुपर्ने भए पनि सोचेजस्तो मत नआएको उनको भनाइ छ । । उनले मतगणनापछि समीक्षा हुने उल्लेख गरेकी छिन् ।

काठमाडौं महानगरमा ६० हजारभन्दा बढी मतगणना हुँदा स्वतन्त्र उमेदवार बालेन शाहको फराकिलो मतान्तर रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *