स्थानीय तह निर्वाचन-२०७९

जुम्लाको गुठीचौरमा कांग्रेस र समाजवादी विजयी

काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षमा नेपाली कांगेसका दानबहादुर बुढा विजयी भएका छन् । कांग्रेसका बुढाले १७७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रत्यासी एकिकृत समाजवादीका उम्मेदवार जनक थकालीले १६०४ मत प्राप्त गरे । उपप्रमुखमा एकिकृत समाजवादीका शान्ति कुमारी मल्ल भण्डारी विजयी भएकी छन् ।

भण्डारीले १५०३ मत प्राप्त गरिन् । उनका प्रत्यासी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकन्य बुढाले १२१४ मत प्राप्त गरेकी छन् ।

गुठीचौरमा ०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी र माओवादीकै जानदेवी ऐडी निर्वाचित भएका थिए । दोस्रो स्थानीय तहको निर्वाचनमा गुठीचौरमा ५ हजार एक सय मत खसेको निर्वाचन अधिकृत शम्भु गौतमले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *