समाचार

वडा अध्यक्षका उम्मेदबार पूर्वपत्रकार उपेन्द्र केसी पराजित

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-९ मा नेकपा एमालेकातर्फबाट वडा अध्यक्षका उम्मेदबार पूर्वपत्रकार उपेन्द्र केसी पराजित भएका छन् । 

२०७४ सालको स्थानीय निकायको निर्वाचनमा सोही वडामा एमालेबाटै वडा अध्यक्षमा निर्वाचित केसी यस पटक पराजित भएका हुन् । पत्रकार केसी एमाले समर्थित छलफल साप्ताहिकका सम्पादक थिए । 

२०७४ मा वडा अध्यक्षमा विजयी भएपछि उनी पत्रकारिता छोडेर बसेका थिए । यो वडामा यो पटक नेपाली कांग्रेसकोतर्फबाट उम्मेदवरी दिएका भगवान खत्री बिजय भएका छन् । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *