स्थानीय तह निर्वाचन-२०७९

लमजुङको मध्यनेपाल नगरपालिकामा कांग्रेसका पाण्डे  र एमालेकी गुरुङ विजयी 

काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र  उपमेयरमा नेकपा एमाले विजयी भएको छ। मध्यनेपालमा  एमालेलाई पराजित गर्दै गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार रमेशकुमार पाण्डे विजयी भएका हुन्।  उपमेयरमा भने एमालेकी सीता गुरुङ निर्वाचित भएकी छ्न् । मेयरमा निर्वाचित  पाण्डेले  ६  हजार ५ सय ५२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार श्रेष्ठले ६ हजार २ सय १४ मत प्राप्त गरेका छन्। 

यसैगरी,  उपमेयरमा निर्वाचित एमालेकी  गुरुङले ६ हजार ४ सय ७६ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट  माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार बनेका उपेन्द्र अधिकारीले ५ हजार ६५  मत प्राप्त गरे ।  

मध्यनेपालमा  २०७४ को स्थानीय तहमा काग्रेसले प्रमुख र एमालेले उपप्रमुख जितेको थियो। ०७४ मा एमाले र माओवादी केन्द्रबिच तालमेल भएको थियोे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *