खेलकुद

नेपालविरुद्धकाे दोस्रो खेलमा युगान्डाले टस जित्यो

काठमाडौं । पाँच टी-२० शृंखलाको दोस्रो खेलमा भ्रमणकारी टोली युगान्डाले टस जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युगान्डाले टस जितेर फिल्डिङ गर्ने भएसँगै रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले पहिले व्याटिङ गर्ने भएको हो । खेल १ बजे सुरु हुनेछ ।

हिजोबाट सुरु भएको शृखलामा युगान्डाले १-० को अग्रता बनाएको छ । नेपाल पहिलो खेलमा १२ रनले पराजित भएको थियो ।

पहिलो खेलमा अनुपस्थित रहेकी अलराउन्डर सीता राना मगर दोस्रो खेल भने खेल्नेछिन् । पहिलोपटक घरेलु मैदानमा टी-२० शृंखला खेल्दै गरेको नेपाल र युगान्डाबीच पाँच खेल हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *