राजनीति

कालिकोटको सान्नी त्रिवेणीमा बागी उम्मेदवार विजयी

वीरेन्द्रनगर । कलिकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रविरुद्ध बागी उम्मेदवारी दिएका महेश केसी विजयी भएका हुन् । केसीले १८२२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्बरबहादुर शाहीले १६१८ मत पाएका थिए । त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी पार्वती सिंह विजयी भएकी छन् । उनले १६५३ मत ल्याएर विजयी भएकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *