खेलकुद

आईपीएलः दिल्ली चौथो स्थानमा उक्लियो

काठमाडौं । पन्जाब किङ्सलाई १७ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्स चौथो स्थानमा इक्लिएको छ ।

सोमबार राति दिल्लीले दिएको १६० रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १४२ रनमा समेटियो ।पन्जाबका लागि जितेश शर्माले सर्वाधिक ४४ रन बनाए ।

दिल्लीका शार्दुल ठाकुरले ४ विकेट हात पारे ।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५९ रनको योगफल तयार पारेकाे थियाे ।दिल्लीका मिचेल मार्शले सर्वाधिक ६३ रन जोडे ।

पन्जाबका लियाम लिभिङस्टोन र अश्रदिप सिंहले ३/३ विकेट लिए ।

जितसँगै दिल्ली १३ खेलबाट १४ अंक सहित चौंथो स्थानमा उक्लिएको छ । पन्जाब १३ खेलबाट १२ अंक जोडेर सातौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *