काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाका नेपाली कांग्रेसले जितेको छ। नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएर जितेका हुन् । प्रतिस्पर्धी एमालेका मेयरका उम्मेदवार केशरत्न बज्राचार्यले ५ हजार ५ सय ७ मत मात्र प्राप्त गरे ।
उपमेयरमा पनि नेपाली कांग्रेसकी उम्मेदवार शुभलक्ष्मी शाक्यले ८ हजार ६ सय ६५ मत ल्याएर जित हात पारिन् । उनले एमालेकी विन्दु महर्जनलाई पराजित गरिन् ।
यसअघि कांग्रेसले काठमाडौंकै दक्षिणकाली नगरपालिका जितेको थियो भने किर्तिपुरसहित कांग्रेसले काठमाडौंका दुई नगरपालिकामा जीत हासिल गरेको हो । २०७४ सालको स्थानीय चुनावमा किर्तिपुरमा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो ।



