काठमाडौं । गुल्मीमा दलका प्रभावशाली भनिने नेताहरु आफ्नै स्थानीय तह जिताउन असफल बनेका छन् ।
कांग्रेस नेता डाक्टर चन्द्र भण्डारीको गृहपालिका छत्रकोटमा एमाले उम्मेदवार विजयी भएका छन् । त्यस्तै एमाले उपहासचिव प्रदीप ज्ञवालीको गृहपालिका रुरुक्षेत्रमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । भने एमाले सचिव गोकर्ण विष्टको गृहपालिका इश्मामा नेपाली कांग्रेसले जीत निकालेको छ ।
तर नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहपालिका मदाने मा भने गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको कांग्रेसले जीत निकालेको छ ।



