समाचार

ललितपुर महानगरपालिका : वार्ड नं १ का अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

काठमाडौ । ललितपुर महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका बाग़ी उम्मेदवार निर्मल तन्डुकार  विजयी भएका छन् । तन्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट कांग्रेसका उम्मेदवार धुर्व तन्डुकारले ४२५  मत प्राप्त गरेका छन् ।

यसैबीच ललितपुर महानगरमा गठबन्धनतर्फबाट मेयरका प्रत्यासी कांग्रेसका चिरिबाबु महर्जनले ८७७ मत प्राप्त गरेका छन् भने एमालेका हरिकृष्ण ब्यंजनकारले ४०२ मत प्राप्त गर्दै महर्जनलाई पछ्याएका छन् । त्यस्तै, उपमेयरमा एमालेका उम्मेदवारले ४४४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *