सम-सामयिक

सर्लाहीको हरिपुर्वामा जसपाबाट वडाध्यक्ष निर्वाचित 

काठमाडौ । सर्लाहीको हरिपुर्वा नगरपालिकाको एक वडामा जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार जनता समाजवादी पार्टी विजयी भएका छन् । हरिपुर्वा नगरपालिका–३ मा सम्पन्न मत गणनाअनुसार जनता समाजवादी पार्टी नेपालबाट वडाध्यक्षको उम्मेदवारी दिएका प्रमोद राय ८ सय ६ मतसहित विजयी भएका हुन् । रायका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका धनराज सिहंले ७ सय ३ मतमात्र प्राप्त गरे । रायको प्यानलनै विजयी भएको छ । 

यस्तै यस नगरपालिकामा मेयर र उपमेयर पदमा भने नेपाली कांग्रेसका उमेद्वारले अग्रता कायम गरेका छन । कांग्रेसबाट मेयर पदका उम्मेदवारले ८ सय ५० र उपमेयर पदका उम्मेदवारले ६ सय ६९ मतसहित अग्रता बनाएका हुन् । भने, जसपा र लोसपाका उमेद्वारले कांग्रेसलाई पच्छ्याईरहेका छन् । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *