समाचार

पीएसजीको जितमा मेस्सीको दुई गोल

काठमाडौ । स्टार खेलाडी लियोनेल मेस्सीको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति भएको खेलमा मोन्टपेलिएरलाई ४-० अन्तरले पराजित गरेको छ ।

घरेलु टोली मोन्टपेलिएरविरुद्ध मेस्सीले दुई गोल गर्दा केलियम एम्बाप्पे (पेनाल्टी)  र एन्जल डि मारियाले एक-एक गोल गरे ।  मेस्सीको दुबै गोलमा एम्बाप्पेले अन्तिम बल उपलब्ध गराएका थिए ।

यसअघि नै फ्रेन्च लिगको उपाधी जितेको पीएसजीको ३७ खेलबाट ८३ अंक छ । दोस्रो स्थानको मोनाको १५ अंकले पछि पर्दा पराजित मोन्टपेलिएर ४३ अंक जोडेर १३औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *