काठमाडौं । महोत्तरीको औरही नगरपालिकामा झडप भएको छ । अनाधिकृत मानिसहरू छिरेको भन्दै स्थानीयबीच झडप भएको हो ।
झडपले केही क्षण तनावग्रस्त भए पनि अहिले पुन: मतदान सुचारु भएको छ ।
`औरहीको श्रीपुरमा केहीबेर तनावग्रस्त बनेको थियो, तर अहिले त्यो अवस्था छैन,´ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश बिष्टले भने ।




