एजेन्सी । जर्मनीका चान्सलर ओलाफ सोल्जले मंगलबार बेलायतलाई उत्तरी आयरल्याण्डमा ब्रेक्जिटपछिको कडा संघर्षरत व्यापारिक व्यवस्थामा ‘एकपक्षीय’ परिवर्तन नगर्न आग्रह गरेका छन् ।
सोल्जले बर्लिनमा सञ्चारकर्मीहरूसँग भने,“कसैले पनि एकपक्षीय रूपमा सम्झौता तोड्नु हुँदैन वा हामीले सहमति जनाएको प्रबन्धलाई कुनै पनि हालतमा परिवर्तन गर्नु हुँदैन ।“
बेल्जियमका प्रधानमन्त्री अलेक्जेण्डर डे क्रोले उक्त अबसरमा आफूहरूको सन्देश निकै प्रष्ट भएको र सबैले सहमति गरेको कुरालाई कसैले एकलौटी रूपमा तोड्नु गलत हुने बताए ।
ब्रेक्जिछपछि उत्तर आयरल्याण्डमा गरिने आर्थिक गतिविधिलगायतका बिषयलाई लिएर बेलायत र अन्य यूरोपेली मुलुकहरूबीच भिन्न मतहरू आएका छन् ।




