समाचार

नेपाली कांग्रेसको गौरवपूर्ण विगत

काठमाडौं । लोकतान्त्रिक संसदीय पद्धतिमार्फत देश र जनताको समुन्नतिका लागि समर्पित रहदै आएको नेपाली कांग्रेसले सशस्त्र क्रान्ति र शान्तिपूर्ण आन्दोलन गरेको छ ।

क्रान्ति र आन्दोलन सफल भएपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न संविधान बनाएर त्यस अन्तरगत निर्वाचन गरी राजनीतिक स्थायित्व कायम गदैै विकासलाई गति दिन कहिल्यै चुकेको छैन । २००७ सालको अन्तरिम सरकार, २००८ सालको कांग्रेसको सरकार, २०१४ सालको सुवर्णसमशेरको सरकार, २०१६ सालको बीपी कोइरालाको सरकार,२०४७ र २०५६ कोे किसुनजीको सरकार, २०४८ र त्यसपछिका गिरिजाबाबुको सरकार, २०७० सालमा तात्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको सरकार र नेपाली कांग्रेसका वर्तमान सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा पटकपटक बनेका सरकारले देश र जनताको हितमा गरेका कार्यहरु गौरवपूर्ण छन् ।

नेपाली काग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा दलित, महिला जनजातिसहित सम्पूर्ण वर्ग र समुदायलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने र राज्य सञ्चालनमा सहभागीता सुनिश्चित गराउने कार्य सम्पन्न भएका छन् । मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएर हिंसात्मक द्धन्द्ध नचर्केको भए कांग्रेसको नेतृत्वमा नेपाल समृद्धि र विकासमा अझै अगाडि बढिसकेको हुने थियो ।

२००७ सालको जनक्रान्तिमार्फत निरंकुश शासनको अन्धकारबाट प्रजातन्त्रको उज्यालोतर्फ देशलाई बढाएको कांग्रेसले २०४६ सालमा लोकतन्त्रको पुनर्बहाली भएपछि ल्याएका उदारवादी,खुला र प्रतिस्पर्धात्मक नीतिले नेपाललाई विकासको आधुनिक युगतर्फ प्रवेश गराएको छ । २०४८ को आमनिर्वाचन पछि बनेको सरकारले लिएको खुला आर्थिक नीतिले देशमा बैंक तथा वित्तीय संस्थाको ब्यापक विस्तार भयो ।

सहकारी अभियान देशव्यापी भयो । नयाँ औद्योगिक नीतिले निजी क्षेत्रमा धेरै उद्योग स्थापना हुनुको साथै वैदेशिक लगानीका उद्योगहरु पनि खुले । अहिले नेपाल केही बस्तुहरुको उत्पादनमा आत्मनिर्भर भई निर्यात गर्ने अवस्थामा पुगेको छ । धेरै वायुसेवा कम्पनीहरु सञ्चालनमा आए ।

धेरै विश्वविद्यालय खुले । निजी क्षेत्रको लगानीमा शिक्षण अस्पताल र इञ्जिनियरिड।कलेज खुले । विद्यालय,कलेज तथा क्याम्पसहरुको विस्तार व्यापक बन्यो । सञ्चारको क्षेत्रमा निजी लगानी थपियो । पत्रपत्रिका,रेडियो,टेलिभिजन,अनलाईनमा मिडियाहरु सञ्चालनमा आए । जलविद्युत निर्माणमा निजी क्षेत्र आयो ।

वैदेशिक रोजगारी खुल्यो । यी प्रयासले नेपाल अल्प विकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने अवस्थामा पुगेको छ। सरकारले शिक्षा,स्वास्थ्य र खानेपानी जस्ता क्षेत्रमा व्यापक लगानी गरेकोले नेपाली जनताको औसत आयु बढेर ७१बर्ष भन्दामाथि-७१.४५ बर्ष पुगेको छ ।

हाम्रो प्रतिबद्धता :

हामी विगतमा अरुले गरेका र आफैबाट पनि कमी कमजोरी भएका छन् भने तिनलाई सुधार गर्न प्रतिबद्ध छौ । हामी नेकपा एमालेका अध्यक्ष के।पी।ओलीले जसरी पानी जहाज ल्याउने, घरघरमा ग्यास पाइप पु¥याउने र रेल ल्याउने जस्ता ठूला कुरा गरेर जनतालाई अल्मल्याउन चाहदैनौ । कुरा ठूला गर्ने, काममा इमान्दारी नदेखाउने, देशको स्रोत–साधनको दुरुपयोग र भ्रष्टाचार गर्ने प्रवृत्तिको हामी विरुद्धमा छौ । अरु कुरा गर्छन, नेपाली कांग्रेस काममा विश्वास गर्दछ ।

अन्त्यमा, स्थानीय सरकार लोकतन्त्रको महत्वपूर्ण आधार हो । जनताको अधिकार र सेवाको दैनिक आवश्यकतासंग जोडिएको यो सरकारमार्फत इमान्दारीपूर्वक यहाँको सेवामा समर्पित हुँदै हामी स्थानीय तहको विकास निर्माणलाई गति दिन चाहन्छौ । समाजलाई समुन्नतितर्फ बढाउने प्रतिबद्धता व्यक्त गर्दछौ ।

यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा रुख चिन्हमा मतदान गरी नेपाली कांग्रेसका उम्मेदवारहरुलाई अत्यधिक बहुमतले विजयी गराउन अपिल गरेकाे छ ।


 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *