समाचार

कांग्रेसको सरकारले जनाताको काम गरेन त्यसैले सूर्यगढीमा एमालेको विकल्प छैन– उम्मेदवार रिजाल

काठमाडौ । स्थानीय तह निर्वाचनको मध्यरातिबाट मौन अवधि सुरु हुदैँ छ। यसबीचमा निर्वाचनसम्म उम्मेदवारहरुले कुनै प्रचार–प्रसार गर्न पाउँदैनन्। राजनीतिक दलहरु जोडघटाउको अंकगणितमा व्यस्त छन्।

नुवाकोटको सूर्यगढी गाउँपालिकामा पालिका प्रमुखको लागि एमालेकोतर्फबाट प्रत्यासी छन् राजु रिजाल। ०७४ सालको निर्वाचनमा पालिका प्रमुखका नेपाली कांग्रेका सन्तबहादुर घले निर्वाचित भएका थिए। घले अहिले पनि पालिका प्रमुखको प्रत्यासी छन्।

मुख्य रुपमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ। ‘अहिलेसम्म माहोल ठिक छ, जनताको घरदैलोमा पुग्दा जित्ने आधार बनेको पाएको छु,’ उनले भने। जनताको जीवनस्तर सुधार गरि समृद्ध पालिका बनाउने उनको योजना छ।

जनताको दैनिकी सहज रुपमा चालोस् भन्ने आफूले चाहेको रिजाललने बताए। ‘शिक्षा, स्वास्थ्य, खानेपानी एम्बुलेन्स सेवा र शव वाहन नि शुल्क गर्ने। अहिलेसम्म पालिका भवन बनेको छैन त्या निर्माण गर्ने र वडा बाट पालिकासम्म जोड्ने मोटरबाटो ५ वर्ष भित्र पक्कि बनाउछु,’ उनले भने, ‘पूर्ण रुपमा सिचाँइका व्यवस्था गर्ने, पालिका वासीको स्वास्थ्य बीमा निशुल्क गर्ने योजना बनाएको छु।

यो कुरा घोषणापत्रमा समावेश गरेको छु।’ आधारभूत तहको शिक्षामा सामुदायीक विद्यालयको गुणस्तर सुधार्न पूर्ण रुमा अंग्रेजीसँगै ब्यवहारिक शिक्षामा जोड दिने उनले बताए। सूर्यगढीमा बलियो भएपनि कांग्रेसमा शक्ति संघर्ष चलिरहेको र माओवादीमा रहेको कमजोरीको फाइदा उठाउने दाउमा एमाले छ।

पार्टी विभाजन भएपनि त्यसका क्षति कम परेको उसको दाबी छ। ‘५ वर्षमा अघिल्लो प्रमुखले एउटा सवारी पनि किनेन्। व्यक्तिगत गाडी पालिकालाई भाडामा लगाएर दुरुपयोग भयो। एम्बुलेन्स सेवा निशुल्क गर्न सकेन, राज्यका नीति अनुसारको स्वास्थ्य बीमा कसैलाई गर्न सकेन। दुधको अनुदान प्रदेश सरकारको योजना भएपनि किसानसम्म पु¥याउन सकेन। कार्यकर्ताको हितमा भन्दा बाहेक जनताको हितमा हुने काम पालिकामा देखिने काम केही पनि भएन,’ रिजालले भने।

पर्यटनको सम्भवना भएपनि सूर्यगढीमा कुनै काम हुन सकेको छैन। ‘५ वर्षमा पालिका प्रमुखले सेवको रुपमा नभै शासकको रुपमा शासन गरेको जनताको गुनासो छ। हाम्रो अजेण्डा लिएर घरदैलोमा पुग्दा जनता खुशी भएका छन्। कामको रुपमा कार्यकर्ताको घरमा छिँडी बनाइदिने, ट्यांकी बनाइदिने काम भयो सार्वजनिक हितको लागि काम नै भएन। हाम्रो जित्ने आधार भनेको यहि हो,’ प्रत्यासी रिजालले भने।

उद्यमशील जनता भएमामात्र समृद्धि आउने र त्यसलाई समेटेर योजना ल्याउने उनले सुनाए। स्थानीय तहमा आउने कर व्यवथित गर्ने, विपन्न जनतालाई कर छुट दिने, किसानलाई अनुदान दिने योजना पनि रिजालले सुनाए। ‘पालिकालाई समृद्ध बनाउने हो भने कृषिलाई व्यवसायिकरण र आधुनिकीकरणको विकल्प छैन। पालिकामा उद्योग खोल्ने र युवाहरुलाई रोजगारी दिन सकिएन भने मेलै जितेमा त्यसको अर्थ छैन,’ उनले योजना सुनाए। युवा पलायन रोक्ने उनको योजना छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *