खेलकुद

फ्लोरेन्टिनासँग रोमा पराजित

काठमाडौं । इटालीयन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा रोमा पराजित भएको छ । शीर्ष चारको लागि प्रतिस्पर्धा गरिरहेको रोमालाई फ्लोरेन्टिनाले २-० ले पराजित गरेकाे हाे ।

घरेलु टोली फ्लोरेन्टिनालाई जिताउन निकोलास गोन्जालेज र जियाकोमो बोनोभेनटुराले १-१ गोल गरे ।

हारसँगै जोसे माउरिन्होको रोमाले पाँचौ स्थानमा पुग्ने अवसर गुमाएको छ । रोमा ३६ खेलबाट ५९ अंकसहित छैटौँ स्थानमा छ । फ्लोरेन्टिना समान अंकसहित साताैँ स्थानमा छ ।

जारी लिगमा एसी मिलान शीर्ष स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *