देश

गठबन्धनले जितेमा सुकुम्वासीले लालपुर्जा पाउने बानियाँको आश्वासन

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गठबन्धनले जितेको अवस्थामा सुकुम्वासीहरूले लालपुर्जा पाउने आश्वासन दिएका छन् ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले मकवानपुरगढीमा गठबन्धनले जितेमा सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई उनीहरूकै नाममा जग्गाको लालपुर्जा उपलब्ध गराइने बताएका हुन् ।

उनले मकवानपुरगढी ५ स्थित सयौँ परिवार सामरी खोलाको कारण जोखिममा रहेकाले खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरी बस्तीको संरक्षण गर्ने बताए ।

ऐतिहासिक महत्त्व बोकेको मकवानपुरगढी गाउँपालिकालाई नमुना पालिकाको रूपमा स्थापित गर्न गठबन्धनको जित आवश्यक रहेको उल्लेख गर्दै बानियाँले गठबन्धनलाई जिताउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

‘यो निर्वाचनले लोकतन्त्र र संविधानमाथि नै प्रहार गर्नेहरूलाई सबक सिकाउने निर्वाचन हो,’ बानियाँले भने ‘जनताको मर्म र भावनालाई बुझेर नै गठबन्धन गरिएको हो, सबै एकजुट भई साझा उम्मेदवारहरूलाई जिताउन अपिल गर्दछु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *