काठमाडौं । आगामी बैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचनको अवसरमा नेपाल टेलिकमले उपलब्ध गराउने निर्वाचन अफर विशेष छुटमा उपलब्ध गराउने उदेश्यले प्रेस विज्ञप्ती जारी गरेको छ ।
आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । रु ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । यो अफर आगामी बैशाख २५ देखि जेठ ४ गते सम्म उपलब्ध रहने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कम्पनीले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउने छ । ३ दिन सम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा रु। ९८ मा उपलब्ध हुनेछ । ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहतिको ३०० एसएमएस प्याक पनि रु ९८ मा उपलब्ध हुने वज्ञिप्तीमा उल्लेख गरएिको छ ।
त्यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु ९८ मा खरिद गर्न सकिने बताइएको छ ।




