विश्व

ग्रीसको तटरक्षकद्वारा समुद्रमा रहेका १०० भन्दा बढी आप्रवासीको उद्धार

काठमाडौं । ग्रीसको तटरक्षकले आइतबार एजियन सागरमा आधा डुबेको डुङ्गाबाट थुप्रै बालबालिकासहित १०६ आप्रवासीलाई उद्धार गरेको आइतबार बताएको छ।

कोस्टगार्डको विज्ञप्तिमा आप्रवासीहरू टर्कीको तटबाट अलि टाढा दक्षिणपूर्वी टापु कोस नजिकै शनिबार अबेर फेला परेको जनाइएको छ । खुलासा नगरिएका विभिन्न राष्ट्रियताका समूहमा १४ महिला र २० बालबालिका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *