खेलकुद

रियल एट्लेटिकोसँग पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले उपाधि विजेता रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन खेलको ४०औं मिनेटमा यान्निक कारास्कोले पेनाल्टी मार्फत गोल गरे ।

यूइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको रियलले यस अघिनै ला लिगाको उपाधी जितिसकेको छ ।

पराजित भएपनि३५ खेलमा ८१ अंक जोडेको रियल शीर्ष स्थानमा यथावत छ । जितसँगै एट्लेटिकोले ३५ खेलबाट ६४ अंक जोडेर चौंथो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *