समाचार

आइपीएलमा कोलकताको लज्जास्पद हार

काठमाडौं । आइपीएलअन्तर्गत आज भएको दोस्रो खेलमा कोलकता नाइट राइडर्सले लज्जास्पद पराजय व्यहोरेको छ ।

कोलकता लखनउ सुपर जायन्ट्ससँग ७५ रनले पराजित भएको हो । लखनउले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकता १४ दशमलव ३ ओभरमै अलआउट हुँदै १०१ रन मात्रै बनाउन सक्यो ।

कोलकतालाई सस्तैमा समेट्ने क्रममा लखनउका जेसन होल्डरले १४ औं ओभरमा लगातार तिन विकेट लिए । पराजित भएको कोलकता तालिकाको आठौं स्थानमा पुगेको छ भने लखनउ भने शिर्ष स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *