समाचार

१६ वर्षीया किशोरी उदयपुरमा बलात्कृत

काठमाडौं । उदयपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–४ कटारी बस्ने २३ वर्षीय रविन मगर रहेका छन् ।

मगरले ती किशोरीलाई सोही नगरपालिका–४ स्थित बाँसको झ्याङमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *