काठमाडौं । जिम्बावे ए सँगको पहिलो एकदिवसिय अभ्यास खेलमा नेपालले सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर खराब ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा १० विकेट गुमाउँदै १३६ रन बनाएको हो ।
नेपालका लागि कुनै पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । तीव्र गतिका बलर सोमपाल कामीले ३० रनको योगदान गरे । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः १९ र ५ रनमै आउट भए । आरिफ शेखले ५, दिपेन्द्र सिंह ऐरीले १८, रोहित कुमार पौडेलले ३, मोहमद आदील आलमले २, करण केसीले २५, सन्दीप लामिछानेले ४ र सागर ढकालले १ रन जोडे । सुशन भारी शून्यमै आउट भए ।
जिम्बावे एका लागि ब्राड इभान्सले चार विकेट लिए । भिक्टर न्याउची, ब्रान्डन मावुता र केफास झुवाओले दुई दुई विकेट लिए ।




