खेलकुद

जिम्बावेविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको पहिलो एकदिवसीयमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा जिम्बावेले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्ति दिएको हो ।

नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै एकदिवसीय सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । तर, बलियो टोली जिम्बावे ‘ए’ विरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन । टेष्ट राष्ट्र जिम्बावेको अधिकांश खेलाडी नेपाल आएका छन् । बलिङ र ब्याटिङमा उच्च प्रदर्शन गर्नसक्ने जिम्बावे पनि सिरिजमा १–० को अग्रता लिन चाहन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *