विश्व

के रुसले युक्रेनमा रोबोट सेना पठाउदै छ ?

काठमाडौँ । पछिल्लो दुई महिनादेखि युक्रेनमा आक्रमण गरिरहेको रुसले अहिलेसम्म सबैभन्दा बढी क्षति बेहोरेको छ । युक्रेनले अहिलेसम्म २३ हजारभन्दा बढी रुसी सेनाले ज्यान गुमाएको दाबि गरेको छ । साथै यस युद्धमा रुसले अहिलेसम्म आफ्ना ९ वरिष्ठ जनरललाई समेत गुमाएको छ ।

तर अब रुसले आफ्नो नोक्सानी कम गर्न रोबोट सेनाको प्रयोग गर्न सक्ने विश्लेषण गरिएको छ । रुसी सैन्य विशेषज्ञ भिक्टर मुराखोव्स्कीले बिहीबार रसिया रोबोटिक्समा पछाडि रहेको विश्वास गरिएको भन्दा यथार्थ भने ठिक उल्टो रहेको बताएर रुसले युक्रेनमा रोबट सैनिक [रयोग गर्न सक्ने संकेत गरेका छन् छ ।

रसिया बाहेक विश्वको कुनै पनि सेनासँग रोबोटिक्सको यस्तो विविध दायरा छैन र रसियाले यस क्षेत्रमा गरेको पछिल्लो लगानीले यो अवस्था सजिलै परिवर्तन नहुने उनले बताएका छन् ।

भिक्टरले आजको रूसी सेना रेड आर्मीको उत्तराधिकारी भएको बताउदै १९३० को दशकमा रिमोट ट्याङ्कहरू बनाएको बताए । रेड आर्मीले दोस्रो विश्वयुद्धको समयमा टेलिट्याङ्कहरू बनाएको थियो जसलाई लगभग ०.३ देखि ०.९ माइलसम्म रेडियो नियन्त्रण गर्न सकिन्छ। यो ट्याङ्कीमा मेसिन गन र इन्सेन्डियरी गनहरू थिए। यसमा स्मोक बम फाल्ने क्षमता पनि थियो ।

भिक्टरले युद्धपछि सोभियत संघले पाइलटविहीन विमान बनाएको र आधुनिक रिमोट कन्ट्रोल ट्याङ्कको परियोजनामा आफु संलग्न भएको बताएका छन् । रुसले यी क्षेत्रमा ठूलो प्रगति गरेको बताउदै उनले ड्रोन टेक्नोलोजीमा पछाडि परे पनि समुद्री र भूमि रोबोटमा यो सबैभन्दा अगाडि रहेको दाबि गरेका छन् ।

रुसी सेनाले पैदल सेनाको सुरक्षाका लागि रोबोट तैनाथ गरिरहेको छ । यस मार्फत अगाडि र पछाडि दुबैबाट सुरक्षा दिइँदैछ र शत्रुहरूद्वारा आक्रमण पनि भइरहेको छ ।

रसियाले गत वर्ष एक युद्धाभ्यासको क्रममा ग्राउन्ड रोबोटको क्षमता प्रदर्शन गरेको थियो, जसले एकैसाथ शत्रुहरूलाई मेसिन गन र मिसाइलहरू पनि फायर गर्न सक्छ । जसमा रुसले १२ टन जौ रहेको आफ्नो सबैभन्दा ठूलो रोबोट उडान–९ प्रदर्शन गरेको थियो । यसमा ३० एमएमको अटोमेटिक क्यानन, एन्टी ट्याङ्क गाइडेड मिसाइल, लन्चर र इन्सेन्डियरी गन छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *