काठमाडौं । आइपिएलमा रोयल च्यालेञ्जर्स वैगलोरले चेन्नई सपुर किङ्ग्सलाई पराजित गरेको छ ।
महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईलाई फाफ डु प्लेसिसको कप्तानीमा रहेको वैगलोरले १३ रनले पराजित गरेको हो । १७४ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाएर १६० रन मात्रै बनाउन सक्यो ।
जीतसँगै वैगलोर अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ भने चेन्नई भने नवौं स्थानमा पुगेको छ ।




