खेलकुद

असिफको अर्धसतक

काठमाडौं । ब्याटर आसिफ शेखले जिम्बाब्बे एविरुद्ध अर्धसतक बनाएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गरेको नेपाल जिम्बाब्बेले दिएको १३७ रनको विजयी लक्ष्य पछ्याएको छ ।

कुशल भुर्तेलसँग ओपनिङमा आएका असिफले ३४ बलमा आठ चौकासहित ५० रन बनाएका हुन् । उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ८८ रनको साझेदारी गरेका थिए ।

क्रिजमा आसिफलाई बासिर अहमदले साथ दिइरहेका छन् । जिम्बाब्बे एविरुद्ध पहिलो टी २० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुुँदा अंक बाँडेको थियो ।

आजको खेलमा जित निकाल्दै नेपाल सिरिज बराबरी गर्न चाहान्छ ।

नेपाली टिम :
सन्दीप लामिछाने (कप्तान) आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, मोहमद आदिल आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा र बसिर अहमद ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *