विश्व

श्रीलङ्काको आर्थिक संकट : कम आय भएका परिवारलाइ विशेष भत्ता

काठमाडौं । श्रीलङ्का सरकारले मे महिनादेखि तीन महिनाका लागि विद्यमान आर्थिक सङ्कटबाट प्रभावित न्यून आय भएका परिवारलाई विशेष नगद भत्ता उपलब्ध गराउने भएको छ ।

एक पत्रकार सम्मेलनमा सञ्चार मन्त्री नालाका गोदाहेवाले भने, ‘मुलुकमा विद्यमान आर्थिक सङ्कटका कारण न्यून आय भएका परिवारमा गम्भीर असर परेको उल्लेख गर्दै उनीहरूलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको र सरकारले यसै आवश्यकतालाई महसुस गरी यो कदम लिन लागेको हो ।’

उनले भने, ‘विश्व बैंक समूह अन्तर्गत सङ्कटमा आकस्मिक प्रतिक्रिया प्रणाली (सीईआरसी) कोषको ढाँचा अन्तर्गत मेदेखि जुलाईसम्म विशेष भत्ता प्रदान गर्न सोमबारको मन्त्रीमण्डलले अनुमोदन गरेको छ ।’

श्रीलङ्कामा लामो समयसम्म कोभिड-१९ तथा अन्य कारणले पर्यटकीय गतिबिधि बन्द हुँदा व्यापक आर्थिक मन्दीको सामना गर्नु परेको छ । यहाँको खाद्यान्न, आधारभूत समान तथा औषधिलगायत इन्धनमा व्यापक मूल्य वृद्धि भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *