काठमाडौं । अमेरिकी मतदाताहरूले गर्भपतनको ‘मौलिक’ अधिकारको रक्षा गर्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार बताएका छन् ।
सर्वोच्च अदालतले यो प्रक्रियालाई अनुमति दिने संवैधानिक प्रत्याभूति खारेज गरेमा अमेरिकी मतदाताले गर्भपतनको ‘मौलिक’ अधिकारको रक्षा गर्नुपर्ने उनले बताएका हुन् । अदालतले बहुमतको मसौदाको पोलिटिकोद्वारा प्रकाशित प्रति पुष्टि नगरिएको र राष्ट्रव्यापी अधिकार समाप्त गर्ने काम अदालतले गरेको भन्दै राजनीतिक प्रभाबमा नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुनेममा जोड दिए ।
तथापि, यदि अदालतले यसलाई अनुमोदन गरिदिएमा गर्भपतनसम्बन्धी कानून राज्यहरूको आ-आफ्नो कानूनमा निर्भर हुनेछ र नोभेम्बरको मध्य चुनावमा यस प्रक्रियाको अधिकारलाई समर्थन गर्ने अधिकारीहरूलाई यसलाई निर्वाचन गर्न मतदाताहरूमा दबाव पर्ने उनले एक पत्रकार सम्मेलनमा बताएका हुन् ।




