समाचार

फुटबल विवाद चाँडो समाधान गर्न सदस्य सचिव घिसिङको आग्रह

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) टंकलाल घिसिङले नेपाली फुटबलमा देखिएको विवाद चाँडै समाधान गर्नुपर्ने उल्लेख गरेका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेका १० खेलाडीको समस्या सुनेपछि उनले यस्तो बताएका हुन ।

त्यसअघि उनले खेलाडीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) लाई भेटेर अहिले देखिएको समस्याबारे जानकारी समेत गराएका थिए ।

एनएनआईपीए अध्यक्ष दिपक श्रेष्ठ, नेपाल ओलम्पिक एसोसिएसनका अध्यक्ष दिपक विष्ट, एन्फा अन्तर्गतका खेलाडी संघका अध्यक्ष विक्रम लामा र क्याम्प बाहिर रहेका १० खेलाडीले सदस्य सचिवलाई भेट गर्दै अहिलेसम्म भएका घटनाक्रम क्रमबद्ध तरिकाले सबै खेलाडीहरुको गुनासो सुनेपछि खेल क्षेत्रमा देखिएको समस्या समयमा नै समाधान गर्नुपर्ने बताएका हुन ।

मंगलबार खेलाडीहरुको कुरा सुनेपछि सदस्य सचिव घिसिङले फेरि एन्फा अध्यक्ष शेर्पालाई यो विवाद एन्फा भित्रैबाट समाधान गर्न र युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गरेका छन् । उनले सबै निकायलाई खेल क्षेत्रमा देखिएको विवादलाई लामो नबनाउन समेत आग्रह गरेका छन । यदि विवाद लामो हुँदै गएमा झन समस्या देखा पर्ने भएकाले समयमा नै समाधानको निकास खोज्नु पर्ने उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *