विश्व

बेलायती ऊर्जा कम्पनी घाटामा

काठमाडौं । रुसले युक्रेनविरुद्ध आक्रमण गरेपछि रुसबाट बाहिरिने निणर्य गरेको बेलायतको ऊर्जा कम्पनी बीपीले पहिलो तीन महिनामा मङ्गलबार ठूलो घाटा बेहोरेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

कर पछिको घाटा २०.४ बिलियन डलर (१९.४ बिलियन युरो) रहेको बताइएको छ । बीपीले फेब्रुअरीमा ऊर्जा समूह रोजनेफ्टको १९.७५ प्रतिशत सेयर हटाउने निणर्य गरेपछि रुसमा तीन दशकभन्दा बढीको लगानी समाप्त भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *