खेलकुद

युनाइटेडको जितमा रोनाल्डोको गोल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३-० अन्तरले पराजित गरेको छ ।

युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नाण्डेज, क्रिष्टियानो रोनाल्डो र राफेअल भरानेले १-१ गोल गरे ।

सहज जितसँगै युनाइटेड ३६ खेलबाट ५८ अंक जोड्दै छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंक बनाउँदै १४औँ स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *