समाचार

आइपिएल : कोलकताले राजस्थानलाई हरायो

काठमाडौं । आइपिएलमा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्यसलाई पराजित गरेको छ ।

मुम्बईमा भएको खेलमा कोलकताले राजस्थानलाई ७ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकताले १९ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा भेटाएको हो ।

कोलकताका लागि नितिश राना र रिन्कु सिंहले उत्कृष्ट पारि खेले । रानाले नटआउट ४८ रन बनाउँदा सिंहले समेत नटआउट ४२ रनको योगदान गरे । कप्तान श्रेयस आयर ३२ रनमा आउट भए । जितसँगै तालिकाको आठौं स्थानमा रहेको कोलकता सातौं स्थानमा उक्लिर्एको छ भने राजस्थान भने तेस्रो स्थानमै रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *