खेलकुद

नेपाल र जिम्बावे ‘ए’बीचको खेल रद्ध

काठमाडौं । भारी वर्षाको कारण नेपाल र जिम्बावे ए बीचको दोस्रो टि२० अभ्यास खेल रद्द गरिएको छ । भारी वर्षा भएसँगै मैदानमा पानी जम्न थालेपछि अम्पायरले खेल रद्द भएको घोषणा गरेका हुन् ।

त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रनको स्कोर बनाउँदा खेल वर्षाले रोकिएको थियो ।

नेपालले अव तेस्रो खेल बुधबार खेल्नेछ । पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *