समाचार

भारतमा ताप लहर घट्दै

एजेन्सी । भारतका अधिकांश भागहरूमा ताप लहरको अवस्था कम हुँदै गइरहेको त्यहाँको मौसमसम्बन्धी कार्यालयले जनाएको छ । आगामी तीन दिनमा हल्का वर्षा हुने कार्यलयले अनुमान गरेको छ ।

भारतमा यस वर्ष अत्यधिक गर्मी बढेको छ । लाखौं मानिसहरू गर्मीको जोखिममा रहेका वैज्ञानिकहरूले चेतावनी दिएका छन । बढ्दो गर्मीलाई जलवायु परिवर्तनसँग जोडेर हेरिएको छ ।

अप्रिलमा देशका धेरै भागहरूमा उच्चतम औसत तापक्रम रेकर्ड गरिएको छ । अधिक गर्मी मेसम्म रहने अनुमान गरिएको छ ।

उत्तरपश्चिम र मध्य भारतमा अप्रिलमा क्रमशः ३५ दशमलब ९ र ३७ दशमलब ७८ सेल्सियस औसत अधिकतम तापक्रम रेकर्ड गरेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *