
काठमाडौँ । नेपालले जिम्बावे एसँग तीन टि२० अभ्यास खेल अन्तर्गत आज दोस्रो खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । योसँगै जिम्बावे ब्याटिङमा उत्रिने भएको छ ।
आजको खेलमा आरिफ शेखको स्थानमा नेपालले भीम सार्कीलाई टोलीमा समेटेको छ । नेपाल जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिने दाउमा छ । तर, टेष्ट राष्ट्र जिम्बावे भने लगातार दोस्रो जित निकाल्दै एक खेल अगावै सिरिजमा कब्जा जमाउने सोचमा हुनेछ ।
नेपाली टाेली
सन्दीप लामिछान (कप्तान), आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा र बसिर अहमद ।