खेलकुद

नेपाल र जिम्बावे ‘ए’ आज पनि भिड्दै

काठमाडौँ । नेपालले पाहुना टोली जिम्बावे एसँग आज दोस्रो टि२० खेल खेल्दैछ । टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आज नेपाल जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिने दाउमा छ । तर, टेष्ट राष्ट्र जिम्बावे भने लगातार दोस्रो जित निकाल्दै एक खेल अगावै सिरिजमा कब्जा जमाउने सोचमा हुनेछ ।

आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालको बलिङ फितलो बन्दा जिम्बावे सहज जित निकाल्न सफल भएको थियो तर, त्यो गल्तीलाई सुधार्न नेपालका खेलाडीलाई आज मौका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *