खेलकुद

बार्सिलोनाको जितमा मेम्फिस र बुस्केटको गोल

काठमाडौं । आरसीडी मालोर्कालाई २-१ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाको जितमा मेम्फिस डिपाए र कप्तान सर्जियो बुस्केटले एक एक गोल गरे । मालोर्काको लागि एन्थोनियोले सान्त्वना गोल गरे ।

जितपछि सिजनको सुरुआत खराब प्रदर्शनबाट सुरु गरेको बार्सिलोना दोस्रो स्थानमा रहेको छ । बार्सिलोनाको ३४ खेलबाट ६६ अंक छ । समान खेलबाट सेभिया ६४ अंक सहित सेभिया तेस्रो स्थानमा छ ।

चार खेल अघि नै लिग उपाधी जितेको रियल ८१ अंक सहित शीर्ष स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *