काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गरेका छन् ।
वरियताक्रम मिचेर आईजीपी नियुक्त गरेपछि उनले भने, ‘सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गर्यो । यस्तो सरकारको निर्णयले सिङ्गो प्रहरी संगठनलाई पटक –पटक दबावको बाटो सिर्जना गरेको छ । सरकारले यस्ता खालका कुनै पनि काममा प्रोत्साहन गर्नु लोकतान्त्रिक विधि र पद्धतीको विपरित भएको छ ।’




