खेलकुद

जिम्बावे ‘ए’लाई नेपालको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ । नेपालले जिम्बावे ‘ए’लाई टि२० सिरिजकाे पहिलो खेलमा चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा जिम्बावे ए का कप्तान टिनोटेन्डा मुटोम्बोड्जीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको हो ।

नेपालका लागि विष्फोटिङ ब्याटिङमा उत्रिएका आदिल अन्सारीले सर्वाधिक ४७ रन बनाए । त्यस्तै, ओपनर कुशल भुर्तेलले ४६ रन जोडे भने रोहित कुमार पौडेलले ३६ तथा दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट भए । ओपनर आशिफ शेख ९ रनमै पेभेलियन फर्किए ।

खेलको सुरुवाती ओभरमा जिम्बावेका तीव्र गतिको बलिङ आक्रामण सामु संघर्ष गरेको नेपालले मध्यम सुरुवात गरेपनि पछि आफ्नो लय समात्न सफल भयो । बलिङतर्फ भने जिम्बावेका लुक जोंगवे, जोन मसारा तथा ब्राण्डन माभुता, ब्राड इभान्सले समान एकएक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *