विश्व

जेलेन्स्किी र जोन्सनबीच टेलिफोन वार्ता

किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा युक्रेनको पछिल्लो अवस्था र आवश्यक सहयोगका विषयमा कुराकानी भएको थियो ।

त्यसक्रममा युक्रेनका लागि आवश्यक सहयोग र समन्वयका बारेमा कुराकानी भएको युक्रेनका राष्ट्रपतिले जानकारी दिएका छन् ।

उनले ट्वीटरमार्फत् सो कुराको जानकारी दिएका हुन् । यसअघि उनले दुई दिन अघिमात्र पनि फ्रान्सेली राष्ट्रपति इमानुयन म्याक्रोँसँग पनि कुराकानी गरेका थिए । युक्रेनमा रुसले आक्रमण गरेपछि पछिल्ला समयमा युक्रेनका लागि मानवीय सहायताको खाँचो परेको बताइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *