खेलकुद

रियललाई ३५औं पटक ला लिगाको उपाधि

काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा स्पानियोललाई ४-० गोल अन्तरले हराउँदै रियलले चार खेल बाँकी छँदै उपाधि उचालेको हो । रियलको यो ३५ औं ला लिगा उपाधि हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रिगोले दुई गोल गरे । मार्कुस एसेन्सियो र करिम बेन्जिमाले एक/एक गोल गरे ।

यो सिजन च्याम्पियन बन्ने क्रममा रियलले ३४ खेल खेल्दा २५ मा जित, ६ बराबरी र ३ हारको नतिजा निकालेको छ । रियलले ४ खेल बाँकी रहँदै १७ अंकको अग्रता बनाएर उपाधि जितेको हो ।

रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटी युरोपको शीर्ष पाँच लिग उपाधि जित्ने पहिलो प्रशिक्षक बने ।एन्सेलोटीले यस अघि प्रिमियर लिग, इटालियन सिरी ए, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानको उपाधी जितेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *