काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पाहुना टोली जिम्बावे ‘ए’वीरुद्ध पहिलो टी(ट्वान्टी खेल्दैछ । टियु क्रिकेट मैदानमा खेल दिउँसो १ बजे सुरु हुनेछ ।
घरेलु टोली नेपालले आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप जिम्बावे ए सँग सिरिज खेल्न लागेको हो । यो सिरिजको अन्तर्राष्ट्रिय मान्यता नहुँदा अभ्यास मानिने छ । सिनियर टोलीबाट खेलिसकेका ८ खेलाडी सम्मिलित जिम्बावेको ए टोलीमा छन् ।
नेपाल जिम्बावेलाई हराउँदै सिरिजका सुखद सुरुआत गर्ने योजनामा रहेको छ । तर, टेस्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन ।
नेपालको टि२० टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा, सागर ढकाल, साहब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमद, लोकेश बम र भीम सार्की ।




