समाचार

आइपिएलमा मुम्बईको पहिलो जित

काठमाडौं । जारी आइपिएलमा मुम्बई इन्डियन्सले पहिलो जीत निकालेको छ ।

आज भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले ५ विकेटको क्षतिमा १९ दशमलव २ ओभरमा भेटाएको हो ।

यसअघि खेलेका सबै ८ खेल हारेको मुम्बईको जारी आइपिएलमा पहिलो जित हो । जित निकालेको मुम्बई तालिकाको १० औं स्थानमा रहेको छ भने राजस्थान भने दोस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *