काठमाडौं । भोलिदेखि शुरु हुने जिम्बावे ‘ए’ विरुद्धको टी–२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको टिममा आरिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, आदिल अन्सारी, करण केसी रहेका छन् । त्यस्तै सोमपाल कामी, अविनास बोहरा, सागर ढकाल, साहब आलम, किशोर महत्तो, विवेक यादव, बसिर अहमेद, लोकश बम र भिम कार्की टोलीमा समावेश भएका छन् ।
यसपटक पनि सिनियर खेलाडी भने टिम बाहिरै परेका छन् । नेपालले घरेलु मैदानमा जिम्बावेविरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी २० क्रिकेट शृंखला खेल्ने तालिका छ ।




